• 4:08 am

अष्ट्रेलियाबाट आज पहिलो उडान हुँदै, २५९ नेपाली काठमाडौं फर्किंदै

प्रकाशित मिति

२०७७ असार ९ गते, मंगलवार ०९:५०

काठमाडौं, अष्ट्रेलियाबाट आज (मंगलबार) २ सय ५९ जना नेपाली स्वदेश फर्किदै छन् । उनीहरु नेपाल एयरलाइन्सको अन्नपूर्ण विमानमार्फत नेपाल आउन लागेका हुन् । अष्ट्रेलियाबाट आज हुने यो पहिलो उद्धार उडान हो ।

स्थानीय समय अनुसार १ बजे सिड्नीबाट काठमाडौंतर्फ उड्ने नेपाल एयरलाइन्सको चार महिनादेखि लकडाउन परेका नेपालीहरु छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकहरु हुन् । सो फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि छन् । उनीहरु आजै बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया आइपुगेका हुन् ।

नेपाल फर्किन १३ सय जनाले फाराम भरेकामध्ये पहिलो चरणमा २ सय ५९ जनालाई काठमाडौं पठाउन लागिएको दूतावासका अधिकारीहरुले बताएका छन् । हरेक यात्रुबाट २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको छ ।

हवाई यात्रुहरु सबैको सबैको पीसीआर परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । साथै नेपाल पुगेपछि उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाउने तयारी भएको दूतावास स्रोतले जनाएको छ ।

अष्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुन अर्थात जेठ १३ गते शनिबार मेलबर्नबाट हुने छ ।

प्रतिकृया