• ९ असोज २०८३, शुक्रबार
  • ४ः०२ बेलुका

आज मुलुकको विभिन्न स्थानमा भारी वर्षा , सतर्कता अपनाउन महाशाखाले अनुरोध

प्रकाशित मिति

२०७७ असार ७ गते, आईतवार ०८:५५

 

National Life

काठमाडौं ।आज मुलुकको विभिन्न स्थानमा  अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा न्यून चापीय प्रणाली तथा प्रदेश १ देखि कर्णालीसम्म सक्रिय बनेको मनसुनी वायु एवं सुदूरपश्चिममा सक्रिय रहेको पश्चिमी वायुका कारण मुलुकका विभिन्न भू-भागमा दिउँसोसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका केही स्थानहरूमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेश धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राति प्रदेश ५ गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने तथा डुबानको समेत जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया