कोरोनासँग जुध्न आहार, व्यायाम र उच्चमनोस्वास्थ्य महत्वपूर्ण हुन्छः प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७७ असार ७ गते, आईतवार ०८:३९
काठमाडौँ । छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा केपी शर्मा ओलीले दिएको शुभकामना सन्देशमा कोरोना भाइरससँग जुध्न औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा आहार र ब्यायामको विषय पुनः दोहोर्याएका थिए ।‘यतिबेला सिंगो विश्वसँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेका छौं । यस्तो बेला औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन् । यी विषयमा योग शास्त्रले ज्ञान दिंदै आएको छ,’ प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
योग साधना र अभ्यासलाई जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न पनि उनले आह्वान गरेका छन् ।‘आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिंदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं । समृद्ध नेपाल–सुखी नेपाली हाम्रो राष्ट्रिय आकाङ्क्षा छ । शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार हुन्,’ प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।’
सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि विश्वभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ ।
सन्देशमा ओलीले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज रहेको भन्दै मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको समेत बताएका छन् ।
शुभकामना सन्देशको पूर्ण पाठ
रीसँग जुधीरहेका छौं । यस्तो बेला औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन् । यी विषयमा योग शास्त्रले ज्ञान दिंदै आएको छ । आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिंदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं । समृद्ध नेपाल–सुखी नेपाली हाम्रो राष्ट्रिय आकाङ्क्षा छ । शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार हुन् । अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।
अन्त्यमा, छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।








प्रतिकृया