• ७ असोज २०८३, बुधबार
  • १२ः४३ राती

कुवेतबाट फर्किएका आठ महिलामा कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ असार ७ गते, आईतवार ०७:५८

 

National Life

भक्तपुर । भक्तपुरमा भेटिएका कोरोना संक्रमित महिला आठैजना कुवेतबाट फर्किएको बुझिएको छ । कुवेतबाट फर्किए लगत्तै भक्तपुरको चाँगुनारायण ७ खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको शनिबार भएको नियमित पत्रकार सम्मेलनमा भक्तपुर तोकिएर सातजनामा कोरोना संक्रमण भएको बताएको थियो तर खरिपाटी क्वारेन्टाइनमा रहेका कुवेतबाट फर्किएका आठजानमा संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार कास्की घर भएकी २३ वर्षीया, बारा र सुर्खेत निवासी २८ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। त्यस्तै नवलपरासी घर भएका २९ र ३३ वर्षीया, मोरङ निवासी ४१ र ४२ वर्षीया तथा झापा निवासी ३७ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रहरी उपरीक्षक प्रधानले बताए।

यससँगै खरिपाटी क्वारेन्टाइनमा रहेका नौ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसअघि खरिपाटी क्वारेन्टाइनमा रहेकै नवलपुरको गैंडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना संक्रमण भएको बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो।

कुवेतबाट नेपाल आएकामध्ये प्रदेश १ र २ का एकसय नौ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टर पठाएको थियो। होल्डिङ सेन्टरमा स्वास्थ्य जाँच गर्दा अधिकांशको शरीरको तापक्रम बढी देखिएप्छि उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो।

ललितपुर पठाइएका ४५ जना कुवेतबाट फर्किएकामध्ये पनि अहिलेसम्म १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ। कोरोना संक्रमण पुष्टि भएका महिलालाई उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा पठाएको छ ।यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिकृया