• ७ असोज २०८३, बुधबार
  • १ः२१ राती

गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमण, संक्रमितको संख्या ५०० नाघ्यो

प्रकाशित मिति

२०७७ असार ७ गते, आईतवार ०७:०९

 

National Life

काठमाडौं । बाग्लुङसहितका ४ जिल्लामा थप १६ जनामा संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ । शनिबार संक्रमण पुष्टि भएकामा एक बालिका, एक महिला र १४ जना पुरूष छन् ।

संक्रमित हुनेमा बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना छन् । यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका पुरूष रहेका छन् ।

प्रतिकृया