• ८ असोज २०८३, बिहीबार
  • १२ः१४ राती

लद्दाख भिडन्तः भारतीय सैनिक नियन्त्रणमुक्त गरिएको खबर प्रति चीनको खण्डन

प्रकाशित मिति

२०७७ असार ६ गते, शनिबार १०:४८

काठमाडौं । लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तपछि नियन्त्रणमा लिइएका १० जना भारतीय सैनिकलाई छाडेको भन्ने खबर प्रति चीनले खण्डन गरेको छ ।

National Life

उक्त समाचारप्रति खण्डन गर्दै चीनले कोही पनि भारतीय सैनिकलाई नियन्त्रणमा नै नलिएको बताएको छ ।

भारतीय सैनिक स्रोतलाई उधृत गर्दै बिहीबार राती भारतीय दैनिक द हिन्दु लगायतका भारतीय सञ्चार माध्यमहरूले सैन्य वार्तापछि चीनले नियन्त्रणमा एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० जना भारतीय सैनिकलाई छोडेको बताएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

तर शुक्रबार बेइजिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकलाई कब्जामा नै नलिएको स्पष्ट परेको छ ।

‘चीनले कुनै भारतीय सैनिकलाई कब्जामा लिएको छैन’, प्रवक्ता झाओ लिजिआनले भने, ‘भिडन्तको जिम्मेवार सम्पूर्ण रूपमा भारतीय पक्ष छ।’

चीन र भारतबीच सोमबार (जुन १५ मा) भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

प्रतिकृया