• ६ असोज २०८३, मंगलबार
  • १ः५८ दिउँसो

कैलालीको अत्तरिया क्षेत्र अनिश्चितकालका लागि सील

प्रकाशित मिति

२०७७ असार ६ गते, शनिबार ११:२६

धनगढी,नेपालमा दिनानुदिन संक्रमण फैलिदै गएकाले कैलालीको गोदावरी नगरपालिकाको नगर क्षेत्र आजदेखि सील गरिएको छ। नगर प्रमुख हरिसिंह साउँदका अनुसार एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि गोदावरी नगर क्षेत्र अनिश्चितकालका लागि सील गरीएको हो ।

National Life

नगर क्षेत्र पूर्ण रुपमा बन्द गर्न स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहमती भइसकेको समेत नगर प्रमुख साउँदले जानकारी दिनुभयो ।संक्रमण बढ्दै गएका कारण भीडभाडले जोखिम बढ्ने भन्दै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न अनुरोध गरिएको बुझिइएको छ ।

प्रतिकृया