कोरोना रोकथाम र विप्लवका चुनौती लगायतका विषयमा छलफल, सैनिक मुख्यालयमा पृतनापति सम्मेलन शुरु
प्रकाशित मिति
२०७७ असार ६ गते, शनिबार ०६:०१
काठमाडौं । विप्लव माओवादीका गतिविधिले सुरक्षा चुनौती बढाएको भन्दै सेनाभित्र छलफल गरिएको छ। शुक्रबारदेखि सुरू भएको पृतनापति भेलामा विप्लव माओवादीका गतिविधि पनि छलफलको एजेन्डा बनेको हो।
केही समयअगाडि बालाजु र पाटनबाट विप्लव समूहका नेता तथा कार्यकर्ताहरू गिरफ्तार परेकाले यसले पार्न सक्ने चुनौतीबारे पृतनापति भेलामा बहस भएको हो।
पृतनापति भेलामा कोरोना रोकथाम र पृतनाहरूले गरिरहेका प्रयास, विदेशबाट आएका नेपालीको व्यवस्थापनमा भएका कामको समीक्षा र त्यसमा देखा परेका चुनौतीबारे छलफल हुन्छ, सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, औषधि खरिद र क्वारेन्टिन व्यवस्थापनमा जिम्मेवारी पूरा गर्दा पनि विवादमा तान्न खोजिएका बारेमा समेत छलफल हुन्छ।
उनले पृतनापति भेला नियमित तालिकाअनुसार भएको बताए। हरेक ६ महिनामा नेपाली सेनाका पृतनापतिहरूको भेला हुन्छ। नेपाली सेनामा ८ पृतना छन्। पृतनापतिहरूको भेला आइतबार सकिँदैछ।








प्रतिकृया