• ७ असोज २०८३, बुधबार
  • ३ः३८ राती

पहिरोका कारण अबरूद्ध भएको नारायणगढ – मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

प्रकाशित मिति

२०७७ असार ५ गते, शुक्रबार ०९:०२

 

National Life

चितवन । पहिरोका कारण अबरूद्ध भएको नारायणगढ–मुग्लिन सडकमा गएरातिदेखि दुईतर्फी गाडी चल्न थालेको छ।

बिहिबार बिहान ४ः१५ बजे खसेको पहिरो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो ।

दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिएका छन्। शुरुवातमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले बताए ।

पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । तर चालकहरुले जथाभाबी ओभरटेक गर्दा झन् बढी चाप र जाम भएको थियो ।

प्रतिकृया