• 1:16 am

डीएसपी ढुंगेलको निलम्बन फुकुवा

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार १०:२६

 

काठमाडौं । नेपाल प्रहरीका डीएसपी कुमुद ढुंगेलको निलम्बन फुकुवा हुने भएको छ । डकैती गर्ने समूहलाई सघाएको आरोप लागेका ढुंगेललाई अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा हुने भएको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । २६ चैत ०७६ मा रानीबारीमा भएको डकैतीका अभियुक्त विकाश श्रेष्ठसँग बारम्बार सम्पर्क गरेको जिकिर गर्दै महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई श्रेष्ठको समूहलाई सघाएको आरोप लगाएका थिए।

तर, ढुंगेलले भने श्रेष्ठसँग अपराधिक समूहबारे जानकारी लिनका लागि आफ्नो कुराकानी हुने गरेको बताएका छन्।

अदालतले सफाइ दिएसँगै उनले प्रहरी प्रधान कार्यालयमा निलम्बन फुकुवाका लागि निवेदन दिनेछन् । त्यसपछि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई निलम्बन फुकुवाका लागि पत्राचार गरेको छ ।

प्रतिकृया