• ७ असोज २०८३, बुधबार
  • १ः१७ राती

म्याग्दीमा थप एक जनामा डेङ्गु सङ्क्रमण, संक्रमितको संख्या १४ पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ ३१ गते, शनिबार १०:५१

म्याग्दी । म्याग्दीमा शुक्रबार थप एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यो संगै क्रमितको संख्या १४ पुगेको छ ।

National Life

एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएका मङ्गला गाउँपालिका–३ बरङ्जाका ४९ वर्षीय पुरुषलाई डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

बिरामीको ट्राभल हिष्ट्री नभएकाले ग्रामीण क्षेत्रमै डेङ्गु फैलिने एडिस जातको लामखुट्टे सक्रिय रहेकाले सचेत हुनु पर्ने सुवेदीको भनाइ छ । योसँगै वैशाख र जेठ महिनामा मङ्गला गाउँपालिकामा चार जनामा डेङ्गु पोजेटिभ देखिएको छ भने जिल्लाभर सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ । बेनी अस्पतालमा छिमेकी जलजला गाउँपालिकाबाट समेत उपचारका लागि आएकी एक वृद्धामा डेङ्गु देखिएको थियो । वैशाख ९ गते पहिलो डेङ्गु सङ्क्रमित अर्मनका १७ वर्षीय युवामा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

गत वर्ष म्याग्दीमा १२ मा डेङ्गु र एक जनामा स्क्रब टाइफसका देखिएको थियो । डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग हो । डेङ्गु एक बिरामीबाट अर्को बिरामीमा सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ ।

म्याग्दी देशरभरमै डेङ्गु सङ्क्रमण फैलिने जिल्लामा रुपन्देही पछि दोस्रोमा छ भने गण्डकी प्रदेशका ११ जिल्लामा पहिलो स्थानमा छ ।

प्रतिकृया