• ७ असोज २०८३, बुधबार
  • १२ः३१ राती

कोरोना संक्रमण युवाहरूमा पनि जोखिम उच्चः डब्ल्युएचओ

प्रकाशित मिति

२०७७ जेष्ठ ३१ गते, शनिबार १०:४०

 

National Life

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोनाभाइरस बाट पछिल्लो समय महिला, बालबालिका र युवाहरुमा पनि उच्च जोखिम भएको ठहर गरेको छ ।

विकासशील र अल्पविकसित मुलुकहरूमा कोरोना बाट कम उमेरका युवा, महिला र बालबालिकाहरु बढी प्रताडित देखिएको भन्दै डब्ल्युएचओले सचेत हुन आग्रह गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना संक्रमण भएर मृत्यु भएकामध्ये झण्डै २५ प्रतिशत ५० वर्षभन्दा कमका र ६० वर्षभन्दा माथिको उमेर समूहका संक्रमित मध्ये ४५ प्रतिशतको मृत्यु भएको तथ्यांक सार्वजनिक गर्दै डब्ल्युएचओले युवाहरूलाई सचेत रहन आग्रह गरेका छन्।

यसअघि ५० बर्ष भन्दा माथिका उमेर समूहमा बढी सक्रिय देखिएको भाइरसबाट संक्रमित र मृत्यु हुनेमा धेरै ७० बर्ष उमेर माथिका थिए ।

डब्ल्युएचओका प्रमुख डा। थेडरोस एडहानोम गेब्रियससले महामारीबाट मृत्युवरण गरेको संख्याले भन्दा त्यसपछिको अवस्थाले यी समूहमा अझ ठूलो समस्या र संकट ल्याउनेतर्फ सचेत रहनुपर्ने जनाएको छ ।

स्वास्थ्य संकटको घडीमा पर्याप्त सुविधा पुर्‍याउन नसक्दा विशेषगरी गर्भवती, सुत्केरी र नवजात शिशु झनै जोखिममा रहेको प्रमुख गेब्रियससले बताए ।

जेनेभामा भएको कार्यक्रममा संगठनका आकस्मिक स्वास्थ्य विभाग प्रमुख डाक्टर माइकल रायनले लकडाउन खुकुलो बनाउने नाममा धेरै देशहरुमा भौतिक दूरीलाई वेवास्ता गरिएका कारण निर्मूल भइसकेका देशमा समेत पुनः संक्रमण देखिएको बताएका छन् ।

प्रतिकृया