• ९ असोज २०८३, शुक्रबार
  • २ः३० दिउँसो

बेलझुण्डी कोरोना विशेष अस्पतालबाट कोरोना जितेर थप दश जना घर फर्किए

प्रकाशित मिति

२०७७ जेष्ठ २५ गते, आईतवार ०१:४१

तुलसीपुर, बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचारत दश जना कोरोना सङ्क्रमित सन्चो भएर आज घर फर्कनुभएको छ । घोराही उपमहानगरपालिका –१, का एक जना, गढवा गाउँपालिकाका एक जना बाकेँ नरैनापुर गाउँपालिकाका पाँच जना कपिलवस्तुका दुई जना र बर्दियाका एक जना हुनुहुन्छ ।

National Life

दशै जनालाई सम्बन्धित पालिकामा पठाइएको छ । अस्पतालमा अब ४५ जना उपचाररत रहेको अस्पतालका हेल्थ असिस्टेण्ट द्रोण वलीले जानकारी दिनुभयो । यसअघि आठ जना उपचारपछि घर फर्किसक्नुभएको छ ।

अस्पतालबाट हालसम्म १८ जना घर फर्किसक्नुभएको छ । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको अस्पतालका असिस्टेण्ट द्रोण वलीले जानकारी दिनुभयो । यता प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उपचारपछि सन्चो भएर घर फर्कनुभएकालाई बधाई ज्ञापन गर्नुभएको छ । प्रदेश पाँचमा निको भए घर फर्कनेको सङ्ख्या बढ्दै गएकोमा मुख्यमन्त्री पोखरेलले खुसी व्यक्त गर्नुभएको छ । अस्पतालमा उपचाररत एक जनामा डेङ्गु देखापरेपछि बुटवल रिफर गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया