• ८ असोज २०८३, बिहीबार
  • १२ः४० दिउँसो

आजदेखि सुन पसल पनि सञ्चालन

प्रकाशित मिति

२०७७ जेष्ठ २५ गते, आईतवार ११:३४

सुनचाँदीको मूल्य

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको आज ७६ दिन पुगेको छ । लकडाउन लम्बिँदै जाँदा व्यापार व्यवसाय ठप्प हुँदा जनजीवन प्रभावित भएको भन्दै व्यवासयीले लकडाउन तोड्दै पसल खुलाएपछि सरकारले पनि लकडाउन खुकुलो बनाउने रणनीति लिएको छ ।

National Life

यसैबीच आइतबारदेखि सुन पसलहरु समेत खुलेका छन् । सरकारले विभिन्न जिल्ला प्रशासन, सम्वन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र सम्वन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरे अनुसार सुनचाँदी व्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

सोही अनुरुप महासंघले आइतबारबाट सुन तथा चाँदीको भाउ समेत तोक्ने भएको छ। सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै देश नै लकडाउन गरेपश्चात महासंघले पनि गत साढे दुइ महिनादेखि सुन चाँदीको नयाँ भाउ सार्वजानिक गरेको छैन।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले भने सूचनाको लागि भन्दै जेठ १४ गतेदेखि नै सुनको नयाँ भाउ प्रकाशित गर्न थालेको थियो। तर महासंघले उक्त मूल्यलाई आधिकारीक मान्न नसकिने बताएको थियो। महासंघले गत शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ४०० रुपैयाँ तोकेको थियो।

सुनचाँदी व्यवसायी महासंघले यसअघि चैत १० गते अन्तिम पटक छापावाला सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ तोकेको थियो भने चाँदीको भाउ ७२० रुपैयाँ तोकेको थियो।

कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय बजारमा सुनको भाउ उच्च दरले बढेको छ। अहिले अन्तरराष्ट्रिय बजारमा सुन प्रतिआउन्स १ हजार ६८३ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघले यही मूल्यलाई आधार मानेर नेपालमा सुनको भाउ निर्धारण गर्नेछ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा २ हजार रुपैयाँले भन्सार दर बढाएको छ जसले गर्दा पनि सुनको भाउ थप बढेको हो।

 

प्रतिकृया