मोदी सरकार छिमेकि देशका लागि खतराः इमरान खान
प्रकाशित मिति
२०७७ जेष्ठ १५ गते, बिहीबार ०८:५१
काठमाडौं। नेपाल-भारत सिमा विवादबारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समेत मुख फोरेका छन् । उनले भारतको मोदी सरकार छिमेकका लागि खतरा बनेको ट्वीटमार्फत् बताएका छन् ।
ट्वीटमार्फत् उनले मोदी सरकारलाई हिन्दुत्वको प्रभुत्ववादी र विस्तारवादी भनेका छन् । नाजीको अनाधिकृत भुक्षेत्र जसरी भारतले छिमेकको भुभाग अतिक्रमण गर्न थालेको उनको आरोप छ ।
जर्मनीमा नाजीहरुले अनाधिकृत रुपमा भुमि अतिक्रमण गरी आफ्नो जीवन्त स्थान बनाउन खोजेको इमरानले उल्लेख गर्दै मोदी सरकारलाई तुलना गरेका हुन् ।
खानले ट्वीटमा भनेका छन्, ‘हिन्दुत्व प्रभुत्ववादी मोदी सरकार नाजीको अनाधिकृत भुक्षेत्रकै जसरी अहंकारी विस्तारवादी नीतिका साथ भारतका छिमेकका लागि खतरा बनेको छ । बँगलादेशसँग नागरिकता ऐन, नेपाल र चीनसँग सिमा विवाद र पाकिस्तानमाथि झुठा झण्डा अपरेशनका माध्यमले खतरा बनेको छ ।’
पछिल्लो समय नेपाल र भारतबीच सिमा विवाद बढिरहँदा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भनाई सार्वजनिक भएको हो । उनले नेपालको भारतसँगको सिमा विवादमा आफ्नो धारणा सार्वजनिक गर्नुलाई अर्थपूर्ण मानिएको छ ।







प्रतिकृया