• ७ असोज २०८३, बुधबार
  • ११ः५० बिहान

आजबाट उपत्यकामा गाडी चलाउन टाइम कार्ड लागू

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार ०४:४२

काठमाडौं । लकडाउनका समयमा चल्ने सवारी साधन अब तोकिएको समयमा मात्र सञ्चालन हुन पाउने भएका छन् ।जस्का लागि आजबाट उपत्यकामा गाडी चलाउन टाइम कार्ड लागू गरिएको छ ।

National Life

आइतबार (आज)देखि उपत्यकामा गाडी चलाउन समय हेर्नु पर्ने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सबै कार्यालय वा संस्थाका सवारी साधन तोकिएको समयमा मात्र चलाउन पाइने छ । अर्थात समय हेरेर मात्र सवारी साधान चलाउन पाइने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लागू गरिएको लकडाउनका समयमा सरकारले सञ्चालन अनुमति दिएका कार्यालय, संस्था र सेवाका सवारी साधन तोकिएको समयमा मात्र सञ्चालन गर्न मिल्ने ढकालले खबरहबलाई जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

एक तिहाइ कर्मचारी मात्र कार्यालयमा हुने भनेर सरकारले निर्णय गरेको हुनाले उनीहरुलाई सरकारी कार्यालय प्रवेशका लागि विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका घर फर्कनका लागि ५ बजेदेखि ६ बजेसम्मको समय निर्धारण गरिएको उनले जानकारी दिए । त्यस्तै तरकारी र अन्य खाद्यवस्तुवाहक सावरीसाधन विहान १० बजे अघि सञ्चालन गर्नुपर्ने छ ।

ढकालका अनुसार वैंक र वित्तिय संस्थाका सवारी साधन विहान ९ बजेदेखि साढे १० बजेसम्म र घरफर्कनका लागि अपराह्न साढे ३ बजेदेखि ५ बजेसम्मको समयमा निर्धारण गरिएको छ ।

निर्माण सामाग्री बोकेको हकमा मालबाहक ट्रकरटिपरहरु बेलुका ८ बजेपछि र विहान ६ बजेसम्म उपत्यका छिर्न पाउने ढकालले जानकारी दिए ।

पानी र औषधि बोकेका सवारी भने दिनभर सञ्चालन हुन पाउने ढकालले खबरहबलाई जानकारी दिए ।

प्रतिकृया