• ६ असोज २०८३, मंगलबार
  • ७ः४७ बिहान

नेपालगञ्जका जनप्रतिनिधहरुमा पनि कोरोना परीक्षण

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार ०४:५६

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा शनिबार (हिजो) देखि जनप्रतिनिधिहरुको पनि कोरोना परिक्षण सुरु गरिएको छ ।

National Life

कोरोना संक्रमितको संख्या बढ्दै गए पछि निरन्तर फिल्डमा खटिएर काम गर्ने जनप्रतिनिधिहरुको पनि स्वाब संकलन गरेर परिक्षण थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

शनिबार प्रदेश नम्बर ५ का सांसद मोहम्मद याकुब अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा।धवल शम्शेर राणा, उपमेयर उमा थापा मगर, कोरोना संक्रमितहरु भेटिएको वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, वडा नम्बर ११ का वडाध्यक्ष उज्जवलसिंह राठोर, वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुबेदी र वडा नम्बर १३ का वडाध्यक्ष विरेन्द्र बहादुर शाहको स्वाब लिएर परिक्षणका लागि भेरी अस्पतालमा पठाइएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालगन्जमा वडा नम्बर ८ को एउटै टोल जोल्हनपुर्वामा मात्रै २३ जना संक्रमित भेटिएका छन् भने वडा नम्बर ७ मा एक जना गरी अहिलेसम्म २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया