• ८ असोज २०८३, बिहीबार
  • ८ः४९ राती

सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार

प्रकाशित मिति

२०७७ बैशाख २७ गते, शनिबार १०:०९

मंगलसेन । अछामकी एक सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि नेपालञ्ज ल्याइएको छ ।

National Life

अत्याधिक रक्तश्राव भएपछि रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउँदलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बाँकेको कोहलपुर मेडिकल अस्पतालमा ल्याइएको हो ।

२५ दिन अघि भटाकाटिया स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई पेटको दुखाई बढेपछि शनिबार बयलपाटा अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा सुत्केरीको पेटमा अत्याधिक रक्तश्राव भएको पाइएपछि तत्काल अप्रेशन गर्नु पर्ने भएकाले कोहलपुर मेडिकल अस्पतालमा रिफर गरिएको बयलपाटा अस्पतालका स्वास्थ्य निर्देशक डा। विकास गौचनले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका खबर गरेलगत्तै मन्त्री पार्वत गुरुङको पहलमा उनको उद्धारका लागि निःशुल्क हेलिकप्टरको व्यवस्था गरिएको हो । अहिले ती सुत्केरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका दूर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

हालसम्म १०१ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाइकी प्रमुख अन्जु ढुंगानाले जानकारी दिइन् ।

प्रतिकृया