• २५ भदौ २०८३, बिहीबार
  • ७ः०८ बेलुका

मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व हो: पूर्वराजा शाह

प्रकाशित मिति

२०७७ बैशाख २७ गते, शनिबार ०१:२८

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको बताउनुभएको छ । लिपुलेकको विषयलाई लिएर ट्वीट गर्दै उहाँले सो बताउनु भएको हो । लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि भएर निर्माण गरेको सडकको उद्घाटन गरेपछि अहिले चातर्फि विरोध भइरहेको छ ।

National Life

उहाँले लेख्नु भएको छ, ‘आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको भन्दै यो गलत हुन्छ,पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो, सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरुन्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।’

प्रतिकृया