• ३ असोज २०८३, शनिबार
  • ३ः३८ दिउँसो

लोकसेवाद्वारा सबै पदपूर्ति रोक्का

प्रकाशित मिति

२०७७ बैशाख २५ गते, बिहीबार ०९:४०

 

National Life

काठमाडौं । कोरोना संक्रमणको त्राससँगै सबै कर्मचारीको‌ पदपूर्ति, भर्ना रोक्का गरिएको‌ छ। लोक सेवा आयोग, शिक्षक सेवा‌‌, त्रिवि सेवा‌ आयोग लगायत संगठित‌ संघ संस्थाका हजारौ पदको पदपूर्ति रोकिने भएको हो।

लोक सेवा‌ आयोगको‌ मात्रै १२ हजार भन्दा‌ बढीको पदपूर्ति ‌रोकिदैछ। सो आयोगका अनुसार निजामति सेवा, ९० वटा संगठित संस्था, सार्वजनिक संस्थान, सुरक्षा ‌निकाय लगायतको‌ झन्डै १२‌ हजारको स्थायी पदपूर्ति ‌रोकिने छ। नेपाल‌‌ प्रहरी ‌जवानको‌ मात्रै करिब ३ हजार ६ सयको नयाँ भर्ना तत्कालन हुने छैन। त्यस्तै ९ सय प्रशासनिक खरिदार, ८र९ सयको संख्यामा कृषि, भेटेनरी, पशु लगायतका सबै सार्वजनिक पदको‌ पदपूर्ति ‌रोकिने छ।‌

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले‌ सबै पदपूर्ति रोक्न अनुरोधात्मक पत्र‌ पठाएपनि आयोगले‌ निर्णय गरी नसकेको लोक सेवा आयोगका‌ अध्यक्ष उमेशप्रसाद मैनालीले बताए। ‘सरकारले पत्र पठाएको छ तर हामीले निर्णय ‌गरिसकेका छैनौं’, उनले भने ,‘यो आपतमा हामीले सरकारलाई सहयोग नै गर्नुपर्छ, हामी‌ बसेर निर्णय गर्छौं।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लोक सेवालाई अर्को व्यवस्था नभएसम्मका लागि नयाँ पदपूर्ति नगर्न पत्र पठाएको‌ छ । अन्नपूर्ण पोष्ट्बाट साभार

प्रतिकृया