• २६ भदौ २०८३, शुक्रबार
  • ११ः०५ राती

महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिको सुविधा कोरोना कोषमा

प्रकाशित मिति

२०७७ बैशाख २४ गते, बुधबार ०३:४५

ललितपुर, महालक्ष्मी नगरपालिका ललितपुरका जनप्रतिनिधिको सुविधावापतको रकम कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष (स्थानीय तह प्रकोप व्यवस्थापन कोष)मा जम्मा गरिने भएको छ ।

National Life

नगर कार्यपालिकाको ७१ औं बैठकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा राहतका लागि स्थापना गरेको कोषमा नगरपालिकाका सबै जनप्रतिनिधिको सेवा सुविधा वापतको रकम जम्मा गर्ने निर्णय गरेको हो ।

कोरोना नियन्त्रण तथा राहतका लागि जनप्रतिनिधिको सुविधा वापतको रकमले थप आर्थिक योगदान दिने नगर प्रमुख रामेश्वर श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाका सबै कर्मचारीले भने संघीय सरकारको निर्णय बमोजिम राहत कोषमा रकम जम्मा गरिसक्नुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया