• २५ भदौ २०८३, बिहीबार
  • ३ः३९ दिउँसो

लकडाउन कहिलेसम्म ?

प्रकाशित मिति

२०७७ बैशाख २४ गते, बुधबार ०२:५९

लक्ष्मण प्रसाद खतिवडा

National Life

अन्ततः सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । हिजो मंगलबार प्रधानमन्त्रीसहित बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको थियो । त्यसैले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको सरकारले पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँनै लाग्दा लकडाउन थप्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको कारण विश्वभर २ लाख ५० हजारभन्दा भन्दा बढी व्यक्तिहरुको मृत्यु भै सकेको छ । यो भाइरसबाट करिब ४० लाख जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये करिब १२ लाख जना उपचार पछि घर फर्किसकेका छन् । नेपालमा पनि कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ८२ पुगेको छ भने उपचार पछि घर फर्किनेको संख्या २२ पुगेको देखिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

हालसम्म यस भाइरसको कारण कसैको मृत्यु नहुँनु हाम्रो लागि सकारात्मक पक्ष हुँदाहुँदै पनि नेपाल सरकारले कोरोना सङ्क्रमण रोक्न सातै प्रदेश तथा स्थानीय निकायलाई सशक्त बनाए पनि शीघ्र पहिचान, निगरानी र व्यवस्थापन गर्न नसक्दा यसको संक्रमण बढ्दो गतिमा रहेको देखिन्छ । अझै उपचारपछि निको भएर घर फर्किएकामा समेत फेरि कोरोना सङ्क्रमण देखिनु, बच्चामा पनि कोरोना संक्रमण भेटिनुले हामीलाई थप सशङ्कित बनाएको छ ।

नेपाल सरकारले तत्काल मोडालिटी हेरफेर नगरी लकडाउन थपेकाले अत्यावश्यक र कृषि क्षेत्रबाहेक अन्यत्र लकडाउन खुकुलो नहुने भएको छ । संक्रमण नदेखिएका क्षेत्रमा कार्यालय तथा व्यवसाय सञ्चालनको माग बढेपनि संक्रमित व्यक्तिलाई हप्तौसम्म लक्षण समेत नदेखिने भएकोले यसो नगरिएको हो । हुनपनि नेपालमा संक्रमण देखिएका धेरै व्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन् । त्यसैले अब सङ्क्रमितको परिवारका सदस्य, टोलबासी तथा सम्पर्कमा रहेकाको समेत व्यापक परीक्षण गर्न जरुरी छ । लक्षण बिना नै संक्रमण देखिएको वर्तमान अवस्थामा सरकारले पर्याप्त परीक्षण गर्दै सबै संक्रमितको पहिचान गरी क्वारेन्टाइमा राख्न ढिला गर्नुहुँदैन। अन्यथा यसले ठूलै महामारीको रुप लिने देखिन्छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर फैलिएको छ । यसको नियन्त्रणको लागि हालसम्म कुनै खोप तथा औषधि विकास नभएकाले सचेतनाबाटै नियन्त्रण गर्नुपर्नेछ । संक्रमण फैलिन नदिनका लागि हामीले भिडभाड नगर्ने, कम्तिमा एक मिटरको दूरी कायम गर्ने, माक्स लगाउने, साबुन पानीले बारम्बार हात धुने, स्यानीटाइजर लगाउने, खोक्दा तथा हाच्छ्यु गर्दा कुहिनाले मुख छोप्ने गर्नुपर्दछ । भाइरस शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गर्नु उचित देखिन्छ । हुनपनि कोरोना संक्रमण छ कि छैन भनेर निश्चित गर्न परिक्षणको आवश्यकता पर्दछ ।

नेपाल सरकारले कोरोना भाइरस संक्रमणको जोखिम घटाउन लकडाउन गरेपनि संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । लकडाउनका कारण सीमा बन्द छ, सडक ठप्प छ । तरपनि पूर्वी तथा तराईका विभिन्न जिल्लामा कोरोना संक्रमणको संख्या बढ्दो गतिमा देखिन्छ । यसको जोखिम उच्च भएकाले हामीलाई सामाजिक दूरीमा बस्न बाध्य बनाएको छ । लकडाउनप्रति मानिसहरुले देखाएको अनुशासनले नै संक्रमण फैलिन नपाएको भएपनि कोरोना संक्रमितलाई आफन्तले प्रत्यक्ष रेखदेख गर्न पाएका छैनन् । अझ डराई पर बस्नुपर्ने अवस्था सृजना भएको छ । अब कोरोना संक्रमण हुन नदिन पूर्वतयारी गर्दै परिक्षणको दायरा बढाई सामाजिक दूरी, पोषिलो खाना तथा सरसफाइमा ध्यान दिने हो भने यसको संक्रमणबाट छिट्टै मुक्ति पाउन सकिन्छ । यसो गर्न सकेमा लकडाउन विस्तारै खुली हामी दैनिक जीवनयापनमा फर्किने निश्चित छ ।

 

प्रतिकृया