• ६ असोज २०८३, मंगलबार
  • १०ः४२ राती

सयौं भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्दे

प्रकाशित मिति

२०७७ बैशाख २३ गते, मंगलवार ११:०९

राजविराज । नेपाल–भारत सीमानाका बन्द रहेका बेला सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१२ का बासिन्दा विरोधमा उत्रिएका छन्।

National Life

स्वास्थ्य र सुरक्षाका कुनै पनि मापदण्ड पूरा नगरी भारतीय र अन्यत्र जिल्लाका मजदुर ल्याएर कोरोना भित्र्याउन खोजेको भन्दै उनीहरूले सडक अवरुद्ध पारे।

हनुमाननगर कंकालिनी नगरपालिका९१२ का मो। साबिरले भने, ‘हामीले आफ्नै ठाउँमा सीप प्रयोग गर्न पाएका छैनाँै, बालबालिका भोकै छन् तर सीमापारिबाट हुल बाँधेर आएका भारतीय काम गरिरहेका छन्।’ कोरोनाको भयले आवतजावत गर्ने डुंगासमेत बन्द गरिँदा माछा मार्ने काम ठप्प भएको जनाउँदै उनले बाँधको स्पर मर्मतका लागि भारतीय मजदुर ल्याएर कोरोना भित्र्याइरहेको आरोप लगाए।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति अपनाउनुपर्ने सामान्य सतर्कतासमेत नअपनाई भारतीय ठेकेदारले काम गरिरहेको भन्दै स्थानीयले विरोध जनाइरहेको छ ।अन्नपूर्ण पोष्ट्बाट साभार

प्रतिकृया