• ६ असोज २०८३, मंगलबार
  • ११ः२३ राती

इटालीमा लकडाउन खुकुलो भएपछि जनजीवन सहज बन्दै, ४० लाख मानिस काममा फर्किए

प्रकाशित मिति

२०७७ बैशाख २३ गते, मंगलवार ११:०३

 

National Life

काठमाडौं । कोरोना भाइरसको महामारीले थलिएको इटालीमा संक्रमण कम हुँदै गएपछि सोमबारदेखि लकडाउन खुकुलो बनाइएको छ ।

लकडाउन खुकुलो बनाइएसँगै त्यहाँको जनजीवन सहज बन्दै गएको छ । उद्योग तथा निर्माण क्षेत्रको काम सुरु भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

झण्डै २ महिना लकडाउन हुँदा घरभित्रै बसेका मानिसहरु धमाधम आफ्नो काममा फर्कन थालेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ४० लाख हाराहारी मानिस काममा फर्किएका छन् ।

मानिसहरूलाई आफ्नो क्षेत्रमा दूरी कामय गरेर आवतजावत गर्न, पार्कमा डुल्न तथा मास्क लगाएर आफन्तहरूसँग भेटघाट गर्न दिइएको छ।

मार्च ९ देखि देशव्यापी लकडाउन गरिएको इटालीमा मे ४ देखि खुकुलो बनाइएको हो । इटालीमा कोरोना भाइरसको संक्रमणबाट २९ हजारभन्दा बढीको मृत्यु भएको छ भने २ लाख ११ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिकृया