• १९ भदौ २०८३, शुक्रबार
  • १०ः५७ राती

होसीयार ! बालबालिकालाई चुम्बन नगरौँ !

प्रकाशित मिति

२०७७ बैशाख २२ गते, सोमबार १०:०६

एजेन्सी । के बालबालिकाप्रति माया देखाउन तपाई उनीहरुलाई चुम्बन गर्ने गर्नुहुन्छ ? त्यसो हो भने होसीयार

बच्चाको गालामा या ओठमा चुम्बन गर्दा उनीहरुको स्वास्थ्यमा गम्भिर समस्या आउन सकछ । त्यसैमाथि तपाईंले यदि आफ्नो बच्चाको ओठमा चुम्बन गर्नुहुन्छ वा अरुलाई चुम्बन गर्न स्वीकृति दिनुहुन्छ भने तपाईं वा चुम्बन गर्ने व्यक्तिमा भएको भाइरस सजिलै ति बालबालिकालाई सर्छ ।

Kamana Sewa

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसअघि नै प्रकाशित एक समाचारमा लेखीएको छ, सन् २००१ मा एक जना ब्रिटिश महिलाले आफ्नो शिशुको तस्बिर सामाजिक संजालमा राखेकी थिइन्। उक्त तस्बिरमा उनको बच्चाको मुख र अनुहारमा भयावह संक्रमण देखिन्थ्यो। उनका अनुसार एक जना महिलाले बच्चाको ओठमा चुम्बन गरेकी थिइन्।

Classic Tech Desktop

उक्त चुम्बनको माध्यमले ती महिलामा भएको हर्प्स सिम्प्लेक्स भाइरस बच्चामा सरेको थियो, जसले गर्दा बच्चा त्यो स्थितिमा पुगेको थियो। उक्त भाइरस आफूमा भएकोबारे महिला आफै अनभिज्ञ थिइन्।

त्यस्तै २०१३ मा आफ्नै बाबुको चुम्बनले गर्दा बच्चामा संक्रमण भएको थियो। ती बच्चाको विभिन्न अंगहरुमा संक्रमण भएको थियो। उनका बाबुमा हर्प्स सिम्प्लेक्स भाइरस भएको पत्ता लागेको थियो।
त्यसैले धेरैलाई थाहा नहुन सक्छ चुमेर माया गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन्छ । पछिल्लो समय कोरोना भाइरस ‘कोभिड १९’ को महामारीबाट बच्न सावधानीस्वरुप हात धुने, चुम्बन नगर्ने, भौतिक दूरी कायम गर्ने जस्ता नियम विश्वव्यापी बन्दै गइरहेको सन्दर्भमा अब तपाईले आफ्ना बालबालिकाप्रति अझ बढी ध्यान दिनुपर्छ ।

विज्ञानले पनि यो प्रमाणित गरेको छ कि, हात मिलाउनु, अंकमाल गर्नु वा चुमबन गर्नुको सट्टा नमस्कार गर्ने बानी बसाल्न सक्ने हो भने धेरैं सरुवा रोगहरुबाट बच्न सकिन्छ ।

अर्को यो घटनापनि हेर्नुहोस्
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्, घटना हो अमेरिकाको लोवाको । त्यहाँका एक जोडीको घरमा छोरीले जन्म लिएपछि उनीहरुको खुसीको सीमा रहेन । उनिहरुले पालैपालो पटक( पटक चुमेर चुम्बन गरे । तर, भर्खरै मात्र आफ्नो छोरीलाई जन्म दिएकी निकोलले सपनामा पनि सोचकी थिइनन् होला कि उनले आफ्नो बच्चालाई यस्तो कारणले गुमाउनु पर्नेछ ।मारियानाले बिस्तारै हलचल गर्न छाडिन् र केही खाइनन् पनि । यो देखेर आत्तिएका बाबुआमाले तुरुन्तै उनलाई अस्पताल लगे । तर, चिकित्सकहरुको कुरा सुनेर भने दुवै अश्चर्यमा परे ।

चिकित्सकका अनुसार मारियाना मेन्जाइटिस एचएसभी वान नामक इन्फेक्सनको शिकार भएकी रहिछन् । चिकित्सकले यसको कारण बताउदै भने कि कसैले उनलाई चुम्बन गर्दा यो इन्फेक्सन भएको हो । यो सुनेर उनीहरु दुवै चकित भए । घरमा थुप्रै पाहुनाहरु आएकाले सबैले मारियानालाई चुम्बन नगर्ने कोही थिएन । त्यसपछि मारियानाको हालत झनझन् बिग्रँदै गयो । उनलाई श्वास लिन निकै गाह्रो भइरहेको थियो । इन्फेक्सनका कारण उनको शरीरभित्र रगत थामिन छाड्यो र आखिरमा उनको किड्नी, लिभर हुँदै दिमागले काम गर्न छाड्यो । जम्मा १८ दिनकी मारियानालाई चिकित्सकले मृत घोषित गरिदिए । यस दुखद् घटनाले मारियानाको आमाबाबुलाई स्तब्ध बनायो । सानो लापरवाहीका कारण आफ्नी १८ दिनकी छोरी गुमाउनु परेपछि उनीहरु अहिले पछुताइरहेका छन् ।

यसरी जोगाउनुहोस् बालबालिकालाई ?

बालबालिकालाई किस नगर्नुहोस् । बरु टाढैबाट हेल्लो गर्न वा नमस्कार गर्न सिकाउनुहोस् ।

बालबालिकालाई छुनुपूर्वक वा उनीहरुलाई समात्नुपूर्वक आफ्नो हात सफा गर्नुहोस् ।

नेपालमा चलन नै छ, कतैबाट आएपछि आगो वा पानी नछोईकन बच्चालाई नछुनू ।

राम्ररी साबुनपानीले हात सफा नगरेसम्म बाहिरबाट आएपछि कसैलाई पनि बच्चा छुन नदिनू ।

बच्चालाई कतै साथै लिएर जाँदा गालामा तान्ने, किस गर्ने, छुने, बोक्ने गर्न नदिनू ।

सार्वजनिक स्थलको शौचालय प्रयोगमा पनि बालबालिकालाई सहि प्रयोग गर्न सिकाउनुहोस् ।

खानाखानूअघि र खाएपछि राम्ररी साबुनपानीले हात धुनुहोस् ।

शौचालय जानुअघि र गएर आइसकेपछि राम्ररी हात धुनुहोस् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड (१९’ का कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका लाखौँ मानिसले ज्यान गुमाएका छन् । त्यसैले आफ्ना बालबालिकालाई यो संक्रामक भाइरसबाट जोगाउन अभिभावकले आफ्नो र बालबालिकाको ध्यान दिन जरुरी छ ।

प्रतिकृया