• ६ असोज २०८३, मंगलबार
  • ११ः२२ राती

उद्योग वाणिज्य सङ्घद्वारा विपद् व्यवस्थापन समितिलाई पाँच लाख बराबरको सहयोग

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०७:२८

 

National Life

कैलाली । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढी उपमहानगरपालिका अन्तर्गतको विपद् व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई रु एक लाख ६९ हजार बराबरको खाद्यान्न र रु.तीन लाख ३२ हजार नगद उपलब्ध गराउने गरी समझदारीपत्र हस्तान्तरण गरिएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सङ्घका अध्यक्ष पुष्पराज कुँवरले नगद र खाद्य सामग्री गरेर रु पाच लाख एक हजार बराबरको राहत उपमहानगरपालिकालाई उपलब्ध गरेको बताउनुभयो । जिल्लाका होटल, हार्डवयर, किराना, मदिरा, इलेक्ट्रोनिक्स, पोल्ट्री, तरकारी, पुस्तकलगायत व्यवसायी सङ्घहरुको सहयोगबाट राहत हस्तान्तरण गरिएको बताइएको छ ।रासस

प्रतिकृया