• ७ असोज २०८३, बुधबार
  • ३ः३७ राती

आठ हजार नयाँ कर्मचारीको भर्नामा रोक

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०७:३८

काठमाडौं । सरकारी निकायमा नयाँ भर्ना स्थगित गर्ने सरकारको निर्णयले करिब आठ हजार नयाँ कर्मचारीको भर्ना तत्कालका लागि रोकिएको छ। प्रकाशनको तयारीमा रहेका कतिपय विज्ञापन पनि रद्द गर्ने तयारी भइरहेको छ ।

National Life

गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणले निम्त्याएको समस्यापछि प्रशासनिक खर्च कम गर्न नयाँ भर्ना रोक्न लोकसेवा आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो । यसबाट निजामती सेवा, सुरक्षा निकाय तथा संगठित संस्थाहरूको भर्ना प्रक्रिया प्रभावित हुने भएको छ।

सरकारको निर्णयले सुरक्षा निकायका पाँच हजार तथा निजामती सेवातर्फ करिब तीन हजार भर्ना प्रभावित हुने भएको छ । नयाँ पत्रिकाबाट साहाभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया