• २५ भदौ २०८३, बिहीबार
  • १०ः१५ राती

अप्ठ्यारो परिस्थितिमा अस्थिरताको प्रयासः प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार ०९:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लडिरहेको अप्ठ्यारो परिस्थितिमा अस्थिरताका प्रयास भएको बताएका छन् । उनले यस्ता प्रयासलाई सफल हुन नदिने पनि बताएका छन् ।

National Life

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले अस्थीरताको प्रयास अस्वीकार्य भएको बताएका छन् ।

फेरि पनि सञ्चार माध्यमहरुप्रति निशाना साँध्दै ओलीले आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिएको बताएका छन् । एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन भनेका छन्। त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहेको बताए ।’

भिडियो सन्देशमा नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको तर नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको भन्दै प्रधानमन्त्रीले अराजक नभइ अनुशासित हुनुपर्ने बताएका छन् ।

प्रतिकृया