• २५ भदौ २०८३, बिहीबार
  • ८ः५२ राती

गायिका रानुदेवीको निधन

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार ०९:२२

 

National Life

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ ।

रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाउनु भएको थियो । उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको थियोे । उनका दुई छोरी र एक छोरा रहेका छन् रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो। उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय,पौडेल हुन्। उनको बाल्यकाल बनारसमा बित्यो।  २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो।

विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा दाई तारिणीप्रसादले नै प्रोत्साहन गरेका हुन्।

उनले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वरमार्फत नेपाली नेपाली ‘अघि बढौं हातमा क्रान्ति झण्डा लिई, क्रान्ति झण्डा लिई, नेपाली ‘हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई, सब मिली उद्धार गरौं हाम्रो नेपाललाई,पछि नसरौं अबदेखि दुःख परे पनि, पछि नसरौं अबदेखि दुःख परे पनि लगायतका गीत गाएकी थिइन् ।

इतिहास विषयमा एम ए सम्मको अध्ययन गरेकी रानुदेवी हाल बिराटनगरमा रहदै आएकी थिइन्।
उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उनकी कान्छी छोरी अल्पना रेग्मीले दिएका छन् ।

प्रतिकृया