• २२ भदौ २०८३, सोमबार
  • ५ः४९ बिहान

एक महिनाको घरभाडा छुट दिन सरकारको आग्रह

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०९:४०

 

National Life

काठमाडौं । सरकारले शहरी क्षेत्रमा घरभाडामा बस्नेहरुको एक महिनाको भाडा छुट दिइ ‘लकडाउन’ अवधिभर भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले लागू गरेको लकडाउन अवधिभरको घर भाडा नमाग्न सरकारले आग्रह गरेको हो।

Classic Tech Desktop

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले विपतको बेला घरभाडा नलिएर घरधनीहरुलाई मानवियता दर्शाउन आग्रह गरेका हुन् ।

त्यस्तै, सरकारले एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई आग्रह गरेको छ ।
यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत गर्ने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ ।

प्रतिकृया