बालुवाटारमा ओली पक्षीय सांसदहरुको भेला, बहुमत जुटाउन हस्ताक्षर संकलन
प्रकाशित मिति
२०७७ बैशाख १७ गते, बुधबार ०४:३४
काठमाडौं, प्रधानमन्त्री एवं नेकपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीकै शीर्ष नेताबाट घेराबन्दी भएपछि उनले आफ्नो पक्षमा बहुमत जुटाउने राणनीतिमा जुटेका छन् । सोही अनुसार ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन शुरु गरेका छन् ।
नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री ओलीले अध्यक्ष पद र प्रधानमन्त्रीबाट हट्नुपर्ने अडान राख्दै आएका छन् । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरुको हस्ताक्षर संकलन शुरु भएको हो ।
सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार पनि ओली पक्षीय सांसदहरुको भेला भएको छ भने लकडाउनका कारण उपत्यका बाहिर अड्को सांसदहरुलाई पनि काठमाडौं ल्याइँदैछ ।
त्यसोत आजै साँझ ५ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ । बैठकमा स्थाीय कमिटी बैठकको प्रस्ताव आउने भएकाले ओलीले संसदीय दलमा बहुमत जुटाएर दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेका छन् ।
प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी १ सय १५ जना सांसदले साथ दिने ओली निकट नेताहरुको दाबी छ ।






प्रतिकृया