• ६ असोज २०८३, मंगलबार
  • ३ः५४ दिउँसो

हावाहुरीका कारण नारायणी अस्पतालको आइसोलेशन वार्ड भत्कियो

प्रकाशित मिति

२०७७ बैशाख ९ गते, मंगलवार ०६:१९

वीरगन्ज । हिजो एक्कसी आएको हावाहुरीले वीरगन्जको नारायणी अस्पतालमा बनाइएको आइसोलेशन वार्डमा क्षति पुगेको छ ।

National Life

कोरोना सक्रमितलाई आइसोलेशन वार्डमा भर्ना गरेर उपचार भइ रहेको अवस्था सोमबार एक्कासी आएको हावाहुरी तथा पानीले क्षति पुर्याएको हो ।

अस्पतालको इमर्जेन्सी वार्डमाथी आइसियु नजिक अस्थाइ रुपमा २० शैयाको आइसोलेशन वार्ड निर्माण गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बनाइएको आइसोलेशन वार्डको दुइतिर कै आल्मुनियम र सिसाले बनाइएको पर्खाल भत्केपछी उपचार्थ ४ जना कोरोना सक्रमितलाइ नजिककै रहेको आइसियु वार्डमा सारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन प्रसाद उपाध्यायले बताए ।

उनले भने– ‘एक्कसी आएको हावाहुरीलाई अस्थायी आइसोलेशनले धेक्न सकेन, दुबैतिरको पर्खाल भत्केर पानी पसेको तर हामीले सक्रमितलाइ सुरक्षित ठाउमा राखेर उपचार गरि रहेका छौँ ।’

‘अब मर्मत गरेर फेरि त्यसलाइ मिलाएर राख्छौ । हामीसँग यसको अलवाला पनि पर्याप्त स्थान छ सक्रमितलाई उपचार गर्न पछि हट्दैनौँ’– उनले भने।

आइसोलेशन वार्डमा वीरगन्ज छपकैया स्थित मस्जिदमा रहेका तीन जना भारतीय मुस्लिम धर्म प्रचारक र रौतहटका एक जनामा गरि चारजनामा कोरोना पोजेटिभ भेटिएपछी उपचारको लागि भर्ना गरिएको छ ।

हावाहुरीले वीरगन्ज लगायत जिल्ला भरी नै क्षति पुर्याएको पर्सा प्रहरीले जनाएको छ । हावाले जिल्ला प्रशासन कार्यालयको गेट, स्थानियको छाना उडाएको, कसैको घरको पर्खालमा क्षति पुर्याएको खबर आएपनी यकिन क्षतिको बिवरण सकलन गर्ने काम भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिकृया