पेट सफा राख्न यस्तो खाना खानुहोस
प्रकाशित मिति
२०७७ बैशाख ७ गते, आईतवार ०२:३०
घरमा बसिरहँदा वा शारीरिक श्रम नगर्दा खानेकुरा सहजै पच्दैन । त्यसमाथि परिवारसँग बसेको बखत मीठो मसिनो खान मन लाग्छ । तारेको, भुटेको, मसलेदार खानेकुरा खाइरहँदा पेटमा भने गडबड सुरु हुन्छ । ग्याष्ट्रिक, कब्जियत, पखला, वान्ता जस्ता समस्या हुन्छ ।

पाचन तन्त्र कमजोर हुँदै गर्दा हामीले खाएको खानेकुराहरु पच्दैन । खानेकुरा राम्ररी पचेन भने आवश्यक पोषक तत्व पनि शरीरले ग्रहण गर्न सक्दैन । यसको नतिजा, शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।
कसरी खाने ?

उचित समय तालिका मिलाएर खानुपर्छ । खाना बिस्तारै चपाएर खानुपर्छ । पेटको गडबडी वा अपचबाट पीडित व्यक्तिले खानपानमा अझ ध्यान दिनुपर्छ । राती अबेर खाना खान हुँदैन ।
के खाने ?
फाइबर पाचनतन्त्रका लागि एकदमै उपयोगी हुन्छ । खानामा फाइबर कम हुँदा पाचनमा गडबडीलगायत कब्जियत, पखला लगायतका समस्या आउँछ । साथै पेट एवं आन्द्रा सम्बन्धि रोगहरु लाग्न सक्छ । खानासँगै तरल पदार्थ पनि पर्याप्त मात्रामा लिनुपर्छ । झोल पदार्थ सेवन गर्नुपर्छ । तर खाना खानुभन्दा आधा घण्टा अघि वा पछिको समयमा पानी सेवन गर्नु उपयुक्त हुँदैन ।
दही जस्ता पाचनमा सहयोग पु¥याउने पदार्थ आफ्नो खानेकुरामा सामेल गर्नुपर्छ । यसमा यस्तो ब्याक्टेरिया हुन्छ, जसले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैगरी अमिलो फल खासगरी कागती पाचन यन्त्रका लागि निकै उपयोगी हुन्छ ।
जडिबुटी र मसलाको प्रयोग
जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, यसले तपाईंको पाचनमा पनि सहयोग पु¥याउँछ । यसको स्वाद र गन्ध दुवै ग्यास्ट्रिक र ¥याल पैदा गर्न सहायक हुन्छ । उदाहरणका लागि धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले पित्त अम्ललाई बढाएर कार्बोहाइड्रट र बोसोलाई पचाउन मद्दत पु¥याउन सक्छ ।
धुम्रपान त्यागौं
धुम्रपान गर्दा यसले तपाईंको खाद्यनलीभन्दा मुनी मांशपेसीलाई कमजोर बनाउँछ । जसबाट पेटमा एसिड बन्ने प्रक्रियालाई रोक्न थुप्रै समस्या उत्पन्न हुन्छ । यसैगरी थोरै रक्सी पिउनु वा सिमामा बसेर पिउनुले तपाईंको शरीरलाई कुनै हानी गर्दैन । तर, बढि रक्सी पिउँदा यसले पेटमा एसिडको उत्पादन बढाउन सक्छ । र, अन्य पाचनसम्वन्धि समस्याहरुलाई पनि देखापर्न सक्छ ।



प्रतिकृया