• ६ असोज २०८३, मंगलबार
  • १२ः२० दिउँसो

लकडाउन तत्काल हट्दैनः प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ चैत्र २९ गते, शनिबार ०५:३०

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) महामारी विरुद्ध लड्न सरकार भन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्नु भइकोे छ । सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्रीले सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गरेको बताउनु भएको हो ।

National Life

उहाँले भन्नुभयो, ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यकता छैन । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगरौं ।’

प्रधामनन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने समेत बताउनुभएको छ । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुलाई आग्रह गर्नुभयो। विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमत्रीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गर्नु भएको थियो ।

प्रतिकृया