नागार्जुन नगरपालिकाद्वरा नगरबासीको दुई महिनाको खानेपानी महशुल मिनाह
प्रकाशित मिति
२०७६ चैत्र २९ गते, शनिबार ०६:०१
काठमाडौँ, नागार्जुन नगरपालिकाले नगरपालिकाले भित्र भएका सबै खानेपानी उपभोक्ताको दुई महिनाको खानेपानी महशुल मिनाह गर्ने भएको छ । २०७६ चैत र २०७७ वैशाख महिनाको खानेपानीको महुशल मिनाह गर्ने निर्णय भएको हो । सरकारले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन नदिन गरेका लकडाउनबाट प्रभावित सबै उपभोक्तालाई राहत स्वरूप खानेपानीको महशुल मिनाह गरेको हो ।
नगरपालिकाभित्र कुल ४० वटा खानेपानी उपभोक्ता समिति क्रियाशिल छन । उक्त समितिले सबै नगरबासीलाई खानेपानीको सेवा प्रदान गर्दै आएका छन् । ति समितिलाई नगरपालिकाले कुनैन कुनै योजनामा बजेट विनियोजन गरी सहयोग गर्नेछ । शनिवार बसेको नगर कार्यपालिकाको बैठकले खानेपानीको महशुल उपभोक्ताहरुसँग नलिने निर्णय गरिएको नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकले कुनै पनि खानेपानी समितिलाई उपभोक्तासँग महशुल नलिन आग्रह गरेको सो कार्यको अनुगमन सम्बन्धित वडाबाट गर्ने निर्णय गरिएको नगर प्रमुख मोहनबाहदुर बस्नेतले बताउनुभयो । नगरपालिकामा कोभिड १९ क्राइसिस, म्यानेजमेन्ट सेन्टर अप्रेशनको कार्यालय एवं समिति गठन गरी कार्यान्वयन गर्न नेपाल सरकारबाट प्राप्त परिपत्र अनुसार नगरप्रमुख मोहोनबहादुर बस्नेतको संयोजकत्वमा नगरस्त्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समिति गठन गर्ने निर्णय गरिएको छ ।
उक्त समितिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला सुरक्षा निकायका प्रमुख, वडा नं. १ देखि १० सम्मका सबै वडाध्यक्ष, जिल्ला उद्योग वाणिज्य संघको प्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला खाद्य व्यापार संघ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्रमुख र उक्त समितिमा नगरपालिकाका योजना तथा प्रशासन उपशाखाका प्रमुख नारायणप्रसाद तिमल्सिना फोकल पर्सन रहने निर्णय भएको छ ।
राहत वितरण कार्यमा देखिएका कमीकमजोरी हटाइ आगामी दिनमा राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको योजना तथा प्रशासन उपशाखा प्रमुख नारायणप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।






प्रतिकृया