सीमा क्षेत्रमा खटिएका दुई सय ४२ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ
प्रकाशित मिति
२०७६ चैत्र २९ गते, शनिबार ०६:३३
काठमाडौं । कञ्चनपुरको पश्चिम सीमा क्षेत्र गड्डाचौकीमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको र्यापिट टेस्ट गरिएको छ । शुक्रबार र्यापिट टेस्ट टोलीले सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुुरक्षाकर्मी, भन्सारका कर्मचारी, पत्रकारसहितको र्यापिट टेस्ट गरेको हो । र्यापिट टेस्टका लागि दुई सय ४२ जनाको नमुना संकलन गरिएको थियो । सबैको रिपोर्ट निगेटिभ आएको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुसहित एक सय ३४ सशस्त्र प्रहरी, ४७ नेपाल प्रहरी, २१ नेपाली सेना, २३ स्वास्थ्यकर्मी, एक कैदी, एक पत्रकार, पाँच भन्सार कर्मचारी, दुई प्रशासनका कर्मचारी र आठ सर्वसाधारणको र्यापिट टेस्ट गरिएको थियो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह साहुले यसअघि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, भन्सारका कर्मचारीको र्यापिट टेस्ट गरिएको बताए । भीमदत्त नगरपालिकाले भारतबाट आउने नेपालीको २३ फागुनदेखि हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य जाँच गराउँदै आएको छ ।





प्रतिकृया