• २५ भदौ २०८३, बिहीबार
  • ३ः०८ दिउँसो

अनाधिकृत रुपमा सामान उत्पादन र बिक्री बितरण गरेको भन्दै आयुर्बेद हाउसमा सिलबन्दी

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ११:३९

भक्तपुर, सुर्यबिनायक नगरपालिका–३ बालकोटमा रहेको एक आयुर्बेद हाउसलाई बिहीबार सिलबन्दी गरिएको छ । अनुमति प्राप्त गरेको भन्दा भिन्न किसिमका कस्मेटिक चिजवस्तुहरुको उत्पादन, प्याकिङ, लेवलिङ लगायतका कार्य गरी अनाधिकृत रुपमा सामानहरु बिक्री बितरण गरी रहेको परेली आर्युबेद हाउसमा सिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

National Life

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा उद्योग दर्ता गर्दा हर्बल जन्य बस्तु उत्पादन गर्ने उद्देश्यका साथ उद्योग सञ्चालन गरेर पनि उक्त उद्योगकी सञ्चालिका काभ्रेपलाञ्चोकको साबिक बाङथली ९ स्थायी घर भएकी ३६ वर्षीया कमला उप्रेती (अर्याल) ले अनाधिकृत रुपमा कार्यहरु गरेको पाईएको छ ।

हउसले नियम बिपरीत साबुन, बिभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसन लगायतका कस्मेटिक सामानहरुको उत्पादन, प्याकिङ तथा लेवलिङ लगायतका कार्यहरु गरेको पाईएको हुँदा जनप्रतिनिधीहरुको रोहबरमा सिलबन्दी गरिएको परिसरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

परेली आर्युबेद हाउसको उत्पादन, प्याकिङ लेवलिङ साथै स्टोर गरेको कोठा र मुख्य प्रवेशद्वार समेतमा सिलबन्दी गरिएको गिरीले बताउनुभयो । यस विषयमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया