• १६:०४ २०८० चैत्र १५ गते
  • 4:04 pm

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ०६:५७

pakrau nayapatrika2019 04 30

बर्दिया । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका १२ बस्ने ४२ वर्षीय बलिराम थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बर्दियाको २०७२ माघ १३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकी हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-१२ मा लुकिछिपी बसेको अवस्थामा चैत १९ गते पक्राउ गरेको हो ।

बलिराम समेतका व्यक्तिहरुले २०६७ जेठ १४ गते राति बर्दिया साबिक महम्मदपुर गाउँ विकास समिति ८ भैसाही बस्ने ३० वर्षीय लोटेलाल थारुलाई गोली प्रहार गरी हत्या गरी फरार रहेका थिए ।

प्रतिकृया