• १९ भदौ २०८३, शुक्रबार
  • २ः५९ राती

डब्ल्यूएचओले कोरोना महामारीमा राजनीति नगर्न विश्वका प्रमुख नेताहरुलाई आग्रह

प्रकाशित मिति

२०७६ चैत्र २७ गते, बिहीबार ०९:०४

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेका छन् ।  यस्तो महामारीको अवस्थामा राजनीतिकरण गरे अझै धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी समेत दिएका छन् ।

बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् । यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन केन्द्रित भएको भन्दै डब्ल्यूएचओको आलोचना गरेका थिए । उनले डब्ल्यूएचओलाई दिँदै आएको कोष पनि रोक्ने चेतावनी दिएका थिए ।

Kamana Sewa

बुधबार डब्ल्यूएचओको घेब्रेससले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले धेरै मानिसलाई मृत्युबाट बचाउने हो भने यो विषयमा राजनीति गर्न नहुने बताए । एकता नदेखाउने हो भने विकसित मुलुकले भनै अझै धेरै समस्या र संकटको सामना गर्नुपर्ने उनको भनाइ छ।

Classic Tech Desktop

उनले आफूमाथि पछिल्लो दुईरतीन महिनाभन्दा लामो समयदेखि व्यक्तिगत रुपमा विभिन्न किसिमको आलोचना र आरोप लागिरहेको बताउँदै आफूले कहिल्यै पनि यसको वास्ता नगर्ने उल्लेख गरे ।

 

प्रतिकृया