• ७ असोज २०८३, बुधबार
  • ८ः५१ बिहान

प्रदेश ५ कोरोना कोषलाई भाटभटेनीको २५ लाख सहयोग

प्रकाशित मिति

२०७६ चैत्र २६ गते, बुधबार ०९:५०

बुटवल । प्रदेश ५ ले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा भाटभटेनी सुपरमार्केटले २५ लाख रुपौँया सहयोग गरेको छ ।

National Life

बुधबार सुपमार्केटका व्यवस्थापक विनोद भट्टरार्ईले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई चेक हस्तान्तरण गरे ।

मुख्यमन्त्री पोखरेलले संकटको बेला व्यवसायीहरुले सामाजिक दूरी र सतर्कता कायम गर्दै स्थानीय तहसँग समन्वय गरी जनताका अत्यावश्यक आवश्यकता पूरा गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

देशबासी पीडामा परेको बेला एउटा व्यवसायीको नाताले सक्दो सहयोग गर्ने व्यक्तिगत तथा संस्थागत दायित्व रहेको बताउदै केही समय अघि संस्थाका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरङले सातै प्रदेश सरकारको राहत कोषमा रु २५ लाखका दरले सहयोग गर्ने घोषणा गरेका थिए ।

सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले भाटभटेनी सुपरमार्केटले देशका सातै प्रदेशमा रु २५ लाखका दरले सहयोग गर्ने निर्णय अनुसार प्रदेश ५ लाई सो रकम हस्तान्तरण गरिएको बताए ।

देशभर १८ स्टोर रहेको चेन सुपरमार्केटले विश्वव्यापी फैलिएको कोरोना भाइरसले नेपालमा पनि पार्ने जोखिम र संक्रमण्को रोकथाम र नियन्त्रणका लागि संघीय सरकारले स्थापना गरेको कोषमा रु एक करोड सहयोग गरिसकेको छ ।

त्यसैगरी कोरोना संक्रमणको अवस्थामा पनि स्टोरले यथावत मूल्यमै खाद्य सामग्री उपलब्ध गराउँदै उच्च सतर्कताका साथ हाल निःशुल्क होम डेलिभरी सेवा पनि चलाइरहेको भाटभटेनी बुटवलकी व्यवस्थापक रोशनी अधिकारीले जानकारी दिए ।

प्रतिकृया