• २४ भदौ २०८३, बुधबार
  • १ः०१ राती

जिल्ला समन्वय समिति महासंघद्वारा आवश्यक समन्वय गर्न सबै जिससलाई आग्रह

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०४:२३

काठमाडौँ, जिल्ला समन्वय समिति महासंघ नेपालले ७७ वटै जिल्ला समन्वय समितिलाई कोरोना भाइरस ( कोभिड १९ ) सङ्क्रमणबाट बच्च उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।  महासंघले एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको महामारी फैलन नदिन अनिवार्य रुपमा साबुन पानीले हात धुने, संभव भएसम्म स्यानिटाइजर प्रयोग गर्न र दैनिक ज्यालादारी गरी खाने नागरिककालाई राहत उपलब्ध गराउने कार्यमा जिल्ला भित्रका स्थानीय तहसँग आवश्यक समन्वय गरी सहयोग गर्न महासंघका अध्यक्ष एवं स्याङ्जा जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

National Life

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको अहिलेसम्म उपचार नभएकाले सवाधानी अपनाउनुनै यसको सबै भन्दा उपयुक्त विकल्प भएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो “यो रोगले न उच्च संभ्रान्त वर्गलाई छोड्छ न त बेसाहारा छु भन्नेलाई छोड्छ सबैलाई यसले प्रभाव पार्ने भएकाले उच्च सतर्कता अपनाउनु नै सबै भन्दा बढि बुद्धिमानी हुन्छ ।” वैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई क्वारेन्टाइनमा बसी सवाधानी अपनाउन आग्रह गर्दै उहाँले सरकारले जारी गरेको लकडाउनलाई पूर्णरिुपमा पालना गर्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति महासंघ ७७ वटै जिल्ला समन्वय समितिलालाई आम नगरिकको सुरक्षा बचाउमा सहभागी हुन जिल्ला स्थित स्थानीय तहप्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा संघ संस्था सबैसँग समन्वय गर्न आमजनमानसमा सकारात्मक सूचना सम्प्रेषण गर्न विज्ञप्तिमा भनिएको छ । यसका लागि आवश्यक सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया