• २२ भदौ २०८३, सोमबार
  • ३ः४२ दिउँसो

सूर्यविनायक नगरपालिकाद्वारा कोरोना भाइरसबारे ९ निर्णय (प्रेस विज्ञप्तिसहित)

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०७:५०

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतित्थ्यतामा सूर्यविनायक नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) बारे ९ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

National Life

नगरपालिकाले शुक्रवार नगर प्रमुख वासुदेव थापाको अध्यक्षता विश्वमा महामारिको रुपमा फैलिएको उक्त भाइसरको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि विशेष योजनाका साथ अघि बढ्ने भएको हो ।

सांसद बस्नेतले कोरोना भाइरस नेपालको सन्दर्भमा नियन्त्रणभन्दा बाहिर नरहेको बताउनुभयो । कोरोनालाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले विशेष रणनीतिका साथ जनमूखि तवरले अघि बढिरहेकोले कोही पनि आतंकित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले भाइरसको संक्रमणबाट आफु, आफ्नो परिवार, समाज तथा सम्पूर्ण नागरिकलाई बाँच्ने र बचाउने कार्यमा नेपाल सरकारले जनतालाई कोरोनाको संक्रमणबाट सुरक्षित बनाउन गरेको लकडाउनलाई सवैले पालना गर्न अपिल गर्नुभयो ।

Classic Tech Desktop

प्रेस विज्ञप्ति

 

 

 

प्रतिकृया