• २९ भदौ २०८३, सोमबार
  • १२ः४७ राती

कोरोना संक्रमित युवतीसँगै आएका कञ्चनपुरका एक जना अस्पतालमा भर्ना

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०८:३५

धनगढी, कोरोना संक्रमित युवतीसँगै नेपाल आएका कञ्चनपुरका एक पुरुषलाई महाकाली अस्पतालमा भर्ना गरिएको छ। कञ्चनपुरको दोदोधराको ति पुरुषलाई अस्पतालको आईसोलेसनमा राखिएको हो। उनी बुधबार महाकाली अस्पतालको सम्पर्कमा आएको र सामान्य स्वास्थ्य जाँचपछि उनलाई पनि अस्पतालको आईसोलेसनमा राखिएको अस्पतालले जनाएको छ।

National Life

उनको थ्रोट स्वाव परीक्षणको लागि आज काठामडौँ पठाइने छ। सँगै नेपाल आउने युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुलाई प्रहरीले खोजी गरिरहेको छ।

फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमित पुष्टि भएपछि संगै आएका धनगढीका युवक पनि सेती अस्पतालको आइसोलेसनमा छन् । उनलाई भाईसहित सेती अस्पतालको आईसोलेसनमा राखिउको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले धनगढीका एक जना युवक सोही जहाजमा आएको थाह पाएपछि खोजी गरिरहेको थियो भने ति युवक भाई सहित आफै अस्पतालमा भर्ना भएका हुन्।

प्रतिकृया