• ३१ भदौ २०८३, बुधबार
  • ५ः०२ बेलुका

बेलायतका राजकुमार चाल्र्सलाई कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०६:१७

एजेन्सी, बेलायतका राजकुमार चाल्र्सलाई कोरोना भाइरसको संक्रमण भएको छ । ७१ वर्षीय राजकुमार चाल्र्सलाई कोरोना संक्रमण भएपनि ठिक अवस्थामा रहेको जनाइएको छ ।

National Life

राजकुमार चाल्र्सको कोरोना संक्रमणको पुष्टि उनका प्रवक्ताले गरेको बीबीसीले जनाएको छ । कोरोना भाइरस संक्रमित भएपछि चाल्र्स आइसोलेसनमा बसेका छन् ।

चाल्र्सलाई संक्रमण भएपछि उनकी पत्नी ७२ वर्षीया कर्नवेललाई पनि कोरोना परीक्षण गरिएको छ । तर, उनी संक्रमण मुक्त रहेको फेला परेको छ । दुवैजना स्कटल्यान्डमा आफै आइसोलेसनमा रहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया