• ६ असोज २०८३, मंगलबार
  • ९ः१२ राती

हेलिकप्टरबाट औषधी छर्किने हल्ला मात्र : नेपाली सेना

प्रकाशित मिति

२०७६ चैत्र ८ गते, शनिबार १०:०४

काठमाडौं, शनिवार देखि नै सामाजिक सञ्जालमा कोरोना सम्बन्धी एउटा अडियो सार्वजनिक भएको छ । जुन अडियो नेपाली सेनाले विज्ञप्ति निकाल्दै फेक रहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपालीले हेलिकप्टर प्रयोग गरी किटनाशक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ ।’

National Life

फेक अडियोमा भनिएको छ ‘ आज राति १२ बजे हाम्रो देश नेपाल भरिमा आर्मी हेलिकप्टरले आकाशबाट कोरोना भाइरसको विरुद्ध किटनाशक औषधी छोडि दिने हुनाले आ–आफ्नो घर बाहिर ननिस्कुनु र कपडा तथा अन्य सामानहरु नराखिदिनु हुना सरकारले सबै नेपालीहरुलाई जनाकारी गरिएको छ ।’

धेरैले सूचनालाई सत्य समेत मान्दै शेयर गरेको पाइयो। तर, नेपाली सेनाले यसबारे कहीँकतै औपचारिक जानकारी दिएको पाइएन। अन्ततः यो सूचना गलत भएको पुष्टि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया