• २० भदौ २०८३, शनिबार
  • १२ः५४ राती

कोरोना भाइरस: इटालीमा २४ घण्टामा ६ सय २७ को मृत्यु, मृतकको संख्या ४ हजार नाघ्यो

प्रकाशित मिति

२०७६ चैत्र ८ गते, शनिबार ०६:१७

एजेन्सी । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ६ सय २७ जनाको मृत्यु भएको छ । यो संख्या बिहिबार मारिएका भन्दा २ सयले बढी हो । यसअघि बिहिबार ४ सय २७ जनाको मृत्यु भएको थियो । थप ६ सय २७ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।

National Life

संक्रमित हुनेको संख्या पनि अत्यासलाग्दो तवरले बढेको छ । बुधबारसम्म ३५ सयको हाराहारीमा नयाँ मानिसहरुमा संक्रमण देखिदै आएकोमा शुक्रबारसम्म करिव ६ हजार मानिसमा नयाँ संक्रमण देखिन थालेको छ । शुक्रबार ५ हजार ९ सय ८६ जनामा संक्रमित फेला परेका छन् । योसँगै इटालीमा मात्रै कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ४७ हजार २१ पुगेको छ ।

उपचार गराइरहेका ३७ हजार ८ सय ३७ मध्ये २६ सय ५५ जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमण रोक्न इटाली सोमबारदेखि ‘लक डाउन’ लागु गरेपनि मृतकको संख्या अस्वाभाविक तवरले बढिरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया