नेप्से परिसूचकमा थोरै सुधार
प्रकाशित मिति
२०७६ चैत्र ६ गते, बिहीबार ०५:५१
काठमाडौं, नेप्से परिसूचकमा सुधार देखिएको छ । केही समय घट्दै आएको सेयर बजार आज १३. ५० अंकले वृद्धि भएको छ । यस दिन परिसूचक १ हजार २६९ दशमलव ३० विन्दुमा पुगेर बन्द भएको छ । १ हजार २५५ दशमलव ८० विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो १५ मिनेटमा घटेर यस दिनकै न्यून विन्दु १ हजार २२३ को विन्दुमा थियो ।
त्यसपछि उकालो लागेको बजार कारोबारको तेस्रो घण्टामा बढेर १ हजार २७९ को विन्दुमा पुगेको थियो । सो समयावधि पछि अन्त्यमा घटबढ हुँदै नेप्से परिसूचक गत कारोबार दिनको तुलनामा बढेर बन्द भएको हो ।
नेप्से परिसूचक बुधवारको तुलनामा १ दशमलव शून्य ८ प्रतिशत बढेको हो । बिहीवार कारोबारमा आएका १२ समूहका परिसूचकमध्ये ५ समूहको परिसूचक बाहेक बाँकी सबै समूह बढेर बन्द भएको छ ।
जीवन बीमा समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य ८ प्रतिशत बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य २ प्रतिशत घटेको छ ।
बढेर बन्द हुनेमा बैंकिङ समूहलगायत निर्जीवन बीमा र लघुवित्त समूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत्, ‘अन्य’ र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम बढेर बन्द भएको छ ।
त्यसैगरी घटेर बन्द हुनेमा व्यापार, होटल, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेको छ ।





प्रतिकृया