जहाँ हुनुहुन्छ, त्यही बस्नुस्, प्रतिबन्ध खुलेपछि आउनुस् : नेपाल सरकार
प्रकाशित मिति
२०७६ चैत्र ६ गते, बिहीबार ०६:१९
काठमाडौं, सरकारले प्रतिबन्ध लगाएका देशमा भएका जोसुकै नागरिक नेपालमा आउन नपाउने प्रष्ट पारेको छ । यो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने भएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण विडारीले प्रतिबन्ध लागेका देशबाट वा ती देशलाई ट्रान्जिट बनाएर कोही पनि आउन नपाउने प्रष्ट पादै भन्नुभयो, ‘जहाँ हुनुहुन्छ, त्यही बस्नुस् । (प्रतिबन्ध) बाटो खुलेपछि आउनुस् ।’
तर प्रतिबन्ध लागेका देशमा रहेका कतिपय नेपालीको भिसा अवधि सकिने अवस्था छ भने कतिपयले नेपाल नआई नहुने काम रहेको बताएका छन् । कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले बुधबार मात्र युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको थियो ।
सरकारले देशभरीका स्कुल तथा क्यमपसहरुमा पठनपाठनमा प्रतिबन्ध, बार , होटल, मठमन्दिर जस्ता ठाउँमा प्रतिबन्ध लगाउनुको साथै २५ जनाभन्दा बढी भेला नहुन अनुरोध समेत गरेको छ ।





प्रतिकृया