• २३ भदौ २०८३, मंगलबार
  • १ः१८ दिउँसो

शुक्रबारको प्रतिनिधिसभाको बैठक स्थगित

प्रकाशित मिति

२०७६ चैत्र ६ गते, बिहीबार ०६:४१

काठमाडौं, शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारले अघि सारेको कोरोना संक्रमण नियन्त्रण अभियान सफल बनाउन भन्दै स्थगित गरिएको हो।

National Life

बिहीबार बसेको कार्य व्यवस्थापिका समितिको बैठकले भोलि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक यही चैत १३ गते दिउँसो १ बजेसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।

त्यस्तै राष्ट्रिसभाको बैठक पनि स्थगित गर्ने तयारी भएको छ । आज बसेको राष्ट्रियसभा बैठक शुक्रबारको लागि बोलाइएको छ ।
भोलिको बैठकमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया