कोरोनाको सन्त्रास र जोगीन सक्ने केहि उपायहरु
प्रकाशित मिति
२०७६ चैत्र ६ गते, बिहीबार ०१:२१

कृष्ण जी खड्का
COVID-19 अर्थात कोरोना भाइरसको कारण अहिले सारा संसार आक्रांन्त छ । हाल सम्म १६७ देशमा फैलीसकेको यो भाइरसबाट १९९ हजार भन्दा बढी संक्रमणमा छन भने ८ हजार भन्दा बढिको मृत्यु भैसकेको छ । चिनको बुहान सहरबाट फैलीएको संक्रमणको केन्द्र विन्दु हाल युरोप बनेको छ । स्वास्थको क्षेत्रमा सबैभन्दा सचेत रहेका अमेरीका, अष्ट्रेलीया, इटली लगायतका देसहरु आक्रान्त छन । मन्त्री, सांसद, उच्च ओहोदाका देखी सामान्य व्यक्तीहरु कोरोनाको संक्रमणमा छन । नेपालमा हाल सम्म कोही पनी कोरोना संक्रमीत नभेटीए पनी विस्व स्वास्थ संगठनको मध्यपुर्वी एसियालाई सजग रहन गरेको चेतावनी संगै नेपाललाई पनी उच्च जोखीम क्षेत्रमा राखेकोले संक्रमण नफैलेला भन्न सक्ने अवस्थामा छैन । कोरोना भाईरसको औषधी हाल सम्म नभएकोले सजगता अपनाउनु बाहेकको विकल्प छैन ।
कोरोनाले कुन उमेर समुहलाई बढी असर गरेको छ ?
जन्मे देखी ९ बर्ष समुहमा छिटफुट संक्रमण देखीए पनी मृत्युदर ० प्रतिसत रहेको छ । १० देखी ३९ बर्ष समुहमा ०.०२ प्रतिसत रहेको छ भने ४० देखी ६० बर्ष उमेर समुहमा असर बढेको पाईएको छ भने विसेष गरि ६० बर्ष माथीका र सुगर, प्रेसर, छातीको समस्या भएकाहरुमा मुत्युदर बढी देखीएको छ ।
कोरोनाको लक्षण
१, ज्वारो १०२ डिग्री भन्दा माथी जाने, २, सुख्खा खोकी लाग्ने । ३, छाती दुख्ने, विसेष गरी मुटु भन्दा तल । ४, स्वास प्रस्वासमा समस्या आउने । ५, रुघा खोकीको लक्षण संग मेल खाने ।
बचावका उपायहरु
कोरोना विरुद्धको औषधी हाल सम्म संसारमा नै पत्ता नलागेकोले रोग भित्रन नदिनु नै बच्न सक्ने पहिलो उपाय हो । चिनमा अध्यन तथा कोरोनोको संक्रमीत क्षेत्र थुङचे अस्पतालमा काम गरि नेपाल आएका डाक्टर रमेस आचार्यको भनाईलाई आधार मान्दा कोरोना बाट बच्ने उपाय भनेको प्रसस्त मात्रामा तातो पानी पिउने , अनिवार्य मास्क लगायर हिड्ने, भिटामीन सी को प्रयोगलाई बढाउने । त्यसै गरी नेपाल बाट क्यानडामा गएर बसोबास गर्ने खाध्य प्रविध बैज्ञानीक नारायाण घिमिरेको भनाईलाई आधार मान्ने हो भने इम्युनिटी पावर कमजोर भएकाहरुमा यो संक्रमण बढि भेटीएकोले इम्युनिटी पावर बढाउने खालका जडीबुटी तथा घरेलु औषधी प्रयोग गर्नु उचित देखीएको छ । नेपालमा भएका केही आयुर्वेदीक चिकित्सक हरुको पनी जडिबुटी सहित सुझावहरु आएका छन ।
अधिकांस चिकित्सकहरुको भनाईलाई आधार मान्ने हो भने कोरोना लागेको संका वा पुष्टी भएमा एन्टीवायोटीक औषधीको प्रयोगले उल्टो असर गर्ने खतरा छ । एन्टीवायोटीकले कोरोना नमर्ने, इम्युनिटी पावर कमजोर बनाउने कारण चिकित्सकहरुले एन्टीवायोटीकको प्रयोग नगर्न सुझाएका हुन सक्छन ।
संसारमा कोरोना भाईरसको औषधी हाल सम्म पत्ता नलागेकोले एलोपेथी, आयुर्वेदीक वा कुनै पनी बैकल्पीक चिकित्साले कोरोना निर्मुल हुन्छ भन्ने अवस्था छैन । अनुसन्धानको क्रममा रसायनिक विधि वा जडीबुटीबाटनै निराकरणको उपाय निस्कीयो भने सबै भन्दा ठुलो उपलव्धी हुन सक्छ । हाललाई रोकथाम वा बचावको लागी इम्युनिटी पावर ९आन्तरीक सक्ती० बलीयो बनाउने जडिबुटी र त्यसबाट बनेका आयुर्वेदीक औषधि प्रभावकारी छ भन्ने तर्फ खाध्य बैज्ञानीक नारायण घिमिरेको भनाई लक्षीत भएको देखीन्छ ।
कसरी बढ्छ त इम्युनिटी पावर ?
आन्तरीक सक्ती इम्युनिटी पावर बढाउनु भनेको रोग प्रतिरोधात्मक क्षमता बढाउनु हो । कोरोनाको कारण विसेष गरी रुघाखोकी, ज्वरो, स्वास प्रस्वासमा विसेष असर गर्ने भएकोले सोही सम्वन्धी जडिबुटी वा औषधि प्रयोगमा ध्यान दिनु जरुरी हुन्छ । यदी संक्रमणले चरम सिमा नाघेमा औषधी पसलमा औषधी नपाइन सक्छ । सबै कुराको अभाव संगै हाहाकार मच्चीन सक्छ । त्यसैले रुघा, खोकी, ज्वरो साथै स्वास प्रस्वासमा काम गर्ने केही घरेलु उपायहरु थाहा पाईराख्दा राम्रै हुन सक्छ ।
यि तिनै खाले रोगलाई प्रतिरोध गर्न सक्ने नेपालमा पाईने जडिबुटी तथा घरेलु मसला भनेको सुठो, मरीच, पिपला, रुदीलो, कालो तुलसी, गुर्जो, पारीजात, वेसार, मेथी, ज्वानो, कालो जिरा, असुरो, दत्तिवन, कण्टकारी, कचुर, सहिजन हुन यिनको उचित मात्रा र सहि प्रयोगले रुघाखोकी, ज्वरो र स्वास प्रस्वासको समस्यालाई निराकरण गर्नुको साथै आन्तरीक सक्तीलाई प्रवर्धन गर्न सक्दछ ।
आयुर्वेदीक औषधिको हकमा सितोपलादी चुर्ण, त्रिकटु चुर्ण, लक्ष्मी विलास रस, श्रृङ्गअभ्रक रस, चेवनप्रास, गुडुची सत्व, गोदन्ती भष्म, महासुदर्सन चुर्ण, अस्वगन्धा, सतावरी, प्रवाल पन्चामृत लगायतका औषधिहरु हुन । औषधि प्रयोग गर्दा चिकित्सकको परामर्समा गर्दा उपयुक्त हुन्छ ।
अन्तीम निचोड भनेको रोग लाग्न नदिनुनै सबै भन्दा उत्तम उपाय हो । जस्का लागी हामी सबै सजग बनौं ।
प्रतिकृया